प्रभु मनि ट्रान्सफर र मुथुट फिनकर्प(निलो मुथुट) बीच रेमिटेन्स सम्झौता - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रभु मनि ट्रान्सफर र मुथुट फिनकर्प(निलो मुथुट) बीच रेमिटेन्स सम्झौता



नयाँ दिल्ली

प्रभु मनी ट्रान्सफर भारतले अप्रिल  देखि लागु हुनेगरी भारतको प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पसंग (निलो मुथुट) रेमिटेन्स सम्झौता भएको  छ।

भारतमा काम गर्ने लाखौँ प्रवासी नेपालीहरूले अव थप सजिलो हुने  गरी मुथुट फिनकर्पका(निलो मुथुट) करिब ३८०० शाखाहरूबाट बिहान १० बजेदेखि बेलुका ०६ बजेसम्म नेपालमा पैसा पठाउन सक्ने छन् ।

भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा  गर्न सकिने छ  भने देशभरमा ८००० भन्दा बढी प्रभुका रेमिट्यान्स  काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने छ।

भारतमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरूलाई  भारतबाट नै प्रभु बैङ्कमा खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ साथै   रुपैयाँ कार्ड पनि नि:शुल्क दिने प्रबन्ध मिलाइएको छ।

प्रभु मनी ट्रान्फसरले भारतमा आफ्नै कार्यालयबाट तथा भारतका विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग (MUTHOOT FINANCE, UAE EXCHANGE, ITZ CASH CARD, EKO INDIA, GI TECHNILOGY, SMART SHOP, FIA TECHNOLOGY, MOBISAFAR, PAUL FINCORP, TRANSCORP INTERNATIONAL, EZSPENT PRAPAID PAYEMNT) सहकार्य गरी रेमिटेन्स सेवा दिँदै आएको छ ।

मुथुट फिनकर्पबाट नेपालमा पैसा पठाउँदा भारु ३०,००० सम्म भारु १५० शुल्क र त्यो भन्दा माथि ५०,००० सम्म भारु २०० शुल्क लाग्ने प्रभु बैकका दिल्ली प्रतिनिधि सुनिल मिश्रले बताउनु भयो।

सन् २००७ देखि बजार व्यवस्थानमा लाग्नुभएका मित्र घिमिरे भन्नुहुन्छ त्यो बेलामा हामीले भारतको सरकारी बैङ्क एसबिआईसंगको सहकार्यमा सन् २००७ देखि रेमिट्यान्स काम गरेको र  ग्राहकलाई भने जस्तो सुविधा दिन अप्रिल देखी मुथुट फिनकर्प(निलो मुथुट)संगको सहकार्यले गर्दा आम नेपाली ग्राहकबर्गलाई धेरै नै सजिलो हुने विश्वास  गरेका छौ   ।