प्रभु शाहले गरे एमालेबाट विद्रोह
जनकपुरधाम । नेकपा (एमाले)का नेता प्रभु साहले विद्रोह गर्ने भएका छन् । उनले ‘बागी’ उमेदवारी दिने तयारी गरेका छन् ।
आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ साहले रौतहट क्षेत्र नम्बर–३ बाट बागी उमेदवारी दिन लागेका हुन् ।
एमाले उनलाई टिकट दिन तयार छ । तर, उनी समर्थक अरू नेतालाई टिकट नदिइने भएकाले उनले बागी उमेदवारी दिने तयारी गरेको बताइएको छ ।
साहकै पहलमा जनता समाजवादी पार्टी (जसपा)बाट किरण साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अजय गुप्ता र नेपाली कांग्रेस छाडेर राजेश चौधरी एमालेमा प्रवेश गरेका थिए । तर, एमालले यीमध्ये कसैलाई पनि उमेदवार बनाएको छैन ।
०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए । उनी अहिले पनि माओवादी केन्द्र फर्कन सक्ने सम्भावना देखिएको छ ।