ओलीसँग असन्तुष्ट बनेपछि प्रभु शाहले गरे एमालेको टिकट अस्विकार - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

ओलीसँग असन्तुष्ट बनेपछि प्रभु शाहले गरे एमालेको टिकट अस्विकार



अध्यक्ष केपी ओलीसँग असन्तुष्ट भएपछि एमाले नेता प्रभु शाहले पार्टीले दिएको टिकट अस्विकार गरेका छन् ।

एमालेका नेता तथा पूर्वमन्त्री साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पार्टीले प्रदेशसभामा आफूले चिताएको व्यक्तिलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेका बताइएको छ । पार्टीले जसपासँग गठबन्धन गरेपछि उनी पार्टी अध्यक्ष केपी ओलीसँग असन्तुष्ट थिए ।

साथै मधेस प्रदेशमा एमालेका सचिव रघुविर महासेठसँग पनि उनको खटपट लामो समयदेखि रहँदै आएको छ । साह नेकपा विघटनपछि माओवादीमा नलागेर एमालेमा बसेका थिए ।