सोल्टी होटलका अध्यक्ष राणाको निधन

काठमाडौं -सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्ग बहादुर राणाको निधन भएको छ। हृदयघातका कारण उनको निधन भएको बताइएको छ।
उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिन अगाडी निधन भएको हो। टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए।
राणाले सन् १९६७ मा पूर्व राजा ज्ञानेन्द्र शाहसँग मिलेर सोल्टी होटलको स्थापना गरेका थिए।
त्यसैगरी उनले सन् १९८२ सिप्रदी ट्रेडिङ प्रालीमा खोलेर नेपालमा टाटा मोटर्सको वितरण सुरू गरेका थिए। यसका अलावा उनी सम्मिलित सिप्रदि समूहले उत्पादन तथा जलविद्युत क्षेत्रमा समेत लगानी गरेको छ। यस समूहको सूर्य नेपाल तथा भोटेकोशी हाइड्रोपावरमा लगानी रहेको छ।

