प्रवेश हत्याकाण्ड :नागरिकत बनाउने बिवादमा हत्या भएको खुलासा - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

प्रवेश हत्याकाण्ड :नागरिकत बनाउने बिवादमा हत्या भएको खुलासा



पुनर्वास । एक साता अघि पुनर्वास नगरपालिका २ स्थित अरनिको बस्तीमा भएको प्रवेश हत्याकाण्ड नागरिकता प्रमाणपत्र बनाउने सम्बन्धमा बढेको बिवादका कारण भएको प्रहरीले जनाएको छ । गत बुधबार आफ्नै घरको कोठामा बीभत्स रुपमा हत्या गरिएका २१ वर्षिय “काले” भनी चिनिने प्रवेश तामाङको हत्यामा आरोपित ५ जनालाई प्रहरीले हिरासतमा लिइ अनुसन्धान गरिरहेको छ ।

पुनर्वासका ईटा उद्योगी समेत रहेका मृतक प्रवेश तामाङका झड्केला बुबा यम बहादुर तामाङ संग नागरिकता प्रमाणपत्र बनाईदिने बारे भएको बिवादका कारण हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।

हत्याको दोस्रो दिन बिहिवारनै मृतकका बुबा यमबहादुर तामाङ्लाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि घटनाको पर्दाफास भएको प्रहरीले जनाएको छ । हत्याकाण्डका आरोपमा अन्य सुबेदार तामाङ ,रामबहादुर तामाङ,मायावती तामाङ र नौ लामालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपित ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रवेश तामाङ हत्याकाण्डमा आरोपी ५ जनालाई नियन्त्रणमा लिई म्याद थप गरि अनुसन्धान गरिरहेको र फरारहरुको खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । एक साता अघि पुनर्वासको अरनिकोबस्तीमा भएको बीभत्स हत्याकाण्डले सबैलाई स्तब्ध बनाएको छ ।