प्रचण्ड र माधवको बेहाल भैसक्यो: केपी ओली - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रचण्ड र माधवको बेहाल भैसक्यो: केपी ओली



झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई तल्लो स्तरका नेता भनेर टिप्पणी गरेका छन्।

गृहजिल्ला झापामा सयौं व्यक्तिलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड र नेपाललाई एक ठाउँबाट चुनाव जितेर देखाउन चुनौती दिएका छन्।

‘माधव नेपालको कुरा त के गर्नु, ओलीले भने, ‘माओवादीले अब के को तागतले चुनाव जित्छ ?’ उनले आफ्नै जुँगा हुनेले मात्रै जुँगामा ताउ लगाउनु पर्ने तर्क गरे। माओवादीको जुँगा एमालेले लगाइदिएको अध्यक्ष ओलीको टिप्पणी छ।

उनले माधव नेपाल हारिन्छ भन्ने डरैले चुनाव नै नलड्ने दाबी गरे। ‘उनी समानुपातिकमा बस्छन्’, ओलीले भने, ‘उनीसँग प्रत्यक्षमा चुनाव लड्ने तागत छैन, समानुपातिकमा बस्छन्।’ ओलीले माधव खराब व्यक्ति भएको आरोप लगाए। ओलीले दुई नेताको सत्तोसराप गरेपनि उखान-टुक्काको प्रयोग गर्न भने बिर्सिए।