यस्तो अवस्थामा भेटिए सुकुटेमा 'प्रचण्ड' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो अवस्थामा भेटिए सुकुटेमा ‘प्रचण्ड’



काठमाडौं– सत्तारूढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

सपरिवार बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको बताइएको छ ।

उनको साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका थिए । बिहीबार सुकुटेबीचमा वास बसेका प्रचण्डले शुक्रबार बिहानै सुकुटेमा मर्निङ वाकसम्म गर्न भ्याए ।

आज चितवनमा लगानी सम्मेलनको उद्घाटन गर्न जाने कार्यक्रम रहेकोले आजै काठमाडौं  फर्किने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।