टंण्डनको सहयोगमा टेलीभिजन पत्रकारलाई पिपिई सामाग्री वितरण - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

टंण्डनको सहयोगमा टेलीभिजन पत्रकारलाई पिपिई सामाग्री वितरण



कैलाली । उत्तर अमेरिकी देश क्यानडामा नेपाल चिनाउने ट्रक ड्राइभरका रुपमा परिचित नर बहादुर टंण्डनले सुदूरपश्चिमका टेलीभिजन पत्रकारहरुलाई पीपीई सामाग्री प्रदान गरेका छन् ।

क्यानडाका लागि नेपाली पर्यटन दूत समेत रहेका टण्डनले कोरोनाको उच्च जोखिममा रहेको सुदुर पश्चिम प्रदेशमा रहि टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई ५० थान पीपीई उपलब्ध गराएका हुन । न्युज २४ टेलिभिजनका सुदुरपश्चिम ब्युरो प्रमुख हिक्मत रावलको समन्वयमा धनगढी उपमहानगरपालीकाका नगर प्रमुख नृप बहादुर वड मार्फत पीपीई सामाग्री वितरण गरिएको हो ।

नेपालको दाङ पुर्खेउली घर भएका क्यानडीयन नागरिक नरबहादुर टण्डनले सुदूरपश्चिममका पत्रकारहर बढी जोखिममा रहेको थाहा पाए पछि व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरेको बताए । न्यू २४ का सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयका प्रमुख हिक्मत रावलसंग समन्वय गरेर त्यस क्षेत्रका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको उनले बताए ।

टनडनले सुदूरपश्चिम क्षेत्रमा कार्यरत टेलिभिजन पत्रकारको लागी पिपिई गाउन १ थान, केएन ९५ माक्स १ हेडक्याप १ थान र पन्जा १ जोडा रहेको एक सेट पिपिई न्यू २४ को सुदूरपश्चिम ब्युरो कार्यालय मार्फत उपलब्ध गराएका हुन् ।
उक्त सामाग्री आज (शुक्रबार) धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर वड, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र न्यूज २४ का सुदूरपश्चिम प्रदेशका ब्युरो प्रमुख हिक्मत रावलले संयुक्त रुपमा धनगढीमा रहेका पत्रकारहरुलाई वितरण गरेका हुन् । बाँकी अन्य जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली वितरण गरिने न्यूज २४ का सुदूरपश्चिम प्रदेशका ब्युरो प्रमुख रावलले बताए ।

पिपिइ वितरण गर्दै धनगढी उपमहानगरपालीकाका नगर प्रमुख वडले क्यानाडामा रहेर सुदुरपश्चिमलाई सम्झीदै सहयोग गर्ने नर बहादुर टण्डनप्रति आभार प्रकट गरेका छन् । गैरआवासिय नेपाली नागरिक टनडन विगत १८ वर्षदेखि क्यानडामा ट्रक चलाकको काम गर्दै आएका छन् । नेपाल र नेपालीलाई असाध्यै माया गर्ने ब्याक्ति हुने र उनी बेला बेलामा नेपालीहरुलाई अप्ठारोको बेला सहयोग गरि रहन्छन् ।

नेपाल सरकारका क्यानडाका लागी पूर्व पर्यटन दुत समेत रहेका टनडनले गतबर्ष हावाहुरी पिडीतलाई सहयोग गर्नु भएको थियो भने केही समय पहिलो पर्यटन वर्ष २०२० लाई सहयोग पु¥याउन भन्दै क्यानडामा रहेको सार्वजनक सवारी साधनहरुमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको फोटोहरु टासेर प्रचार प्रसार समेत गरेका थिए ।