पोल्ट्री फार्ममा आगलागी- २३ सय कुखुरा जलेर नष्ट - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

पोल्ट्री फार्ममा आगलागी- २३ सय कुखुरा जलेर नष्ट



कैलाली,
कैलालीको एक पोल्ट्री फार्ममा शुक्रबार आगलागी भएको छ । गौरीगंगा नगरपालिका-८ मलेसिया टोलमा विद्युत सट भएर आगलागी हुँदा २३ सय बोईलर कुखुरा जलेर नष्ट भएका छन् ।

स्थानीय लाल बहादुर धामीका २२ दिने १२ सय र अमर धामीको सोह् दिने ११ सय बोइलर कुखुरा जलेर नस्ट भएका हुन । संयुक्त रुपमा संचालन गरिएको आशिका पोल्ट्री फार्ममा रहेका २ टहरामा आगो लागेको हो । बिहानको ११ बजे विद्युत सट भएर आगो लाग्दा खरको छाना भएको फार्म दश मिनेटमै जलेर नष्ट भएको थियो।