विष्णु पौडेलले उल्टाए युवराज खतिवडाले गरेका निर्णय - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

विष्णु पौडेलले उल्टाए युवराज खतिवडाले गरेका निर्णय



काठमाडौँ- काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक ऐनमार्फत चकलेटमा दिएको भन्सार महसुल छुट दिने व्यवस्था उल्टिएको छ । चकलेटमा लाग्दै आएको ४० प्रतिशत भन्सार महसुल घटाएर ३० प्रतिशत पुर्‍याएपछि खतिवडा विवादमा तानिएका थिए । उनले विशाल ग्रुपलाई पोस्न चकलेटमा कर घटाएको आरोप खेप्नुपर्‍यो ।

अर्थमन्त्री विष्णु पौडेलले विवादास्पद कर छुटको व्यवस्था उल्टाएका हुन् । आर्थिक अध्यादेशमा चकलेटमा भन्सार महसुल बढाएर ४० प्रतिशत पुर्‍याइएको छ । आन्तिरिक उत्पादनलाई टेवा पुग्ने भन्दै आयातित चकलेटमा भन्सार महसुल बढाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्नुपर्ने समयमा विद्युतीय सवारीको कर बढाएको भन्दै खतिवडामाथि आलोचना भएको थियो । आर्थिक अध्यादेशअनुसार विद्युतीयसवारी साधनको आयातमा लाग्ने अन्तःशुल्क पुरै खारेज गरिएको छ । इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ भने रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ।