हारेपछि प्रदिप पौडेलले भने– म गगन र विश्वप्रकाशसँगै हुन्छु - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

हारेपछि प्रदिप पौडेलले भने– म गगन र विश्वप्रकाशसँगै हुन्छु



काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका उमेदवार प्रदिप पौडेलले रुपान्तरणको मुद्दामा गगन थापा र विश्वप्रकाश शर्मासँगै रहने बताएका छन् ।

विजयी उमेदवारलाई बधाई दिन सानेपा पुगेका पौडेलले भने, “म प्रतिष्पर्धामा रहे पनि मैले विजयी दुवै जनालाई बधाई दिन्छु ।”

“रुपान्तरणको मुद्दामा उहाँहरुसँगै रहन्छु । कांग्रेसमा पुस्तान्तरणको अभियान सुरु भएको छ म पराजित भए पनि खुसी लागेको छ ।”