विष्णु पौडेलले भने: यो सरकारले राम्रो बजेट ल्याउन पाउँदैन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

विष्णु पौडेलले भने: यो सरकारले राम्रो बजेट ल्याउन पाउँदैन



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी मंसीरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पौडेलले यो सरकार चुनावी सरकार भएकाले बजेट पपुलिस्ट बनाउनका लागि सरकारलाई आर्थिक बोझ थप्न नहुने पनि धारणा राखे।

पौडेलले वर्तमान सरकारसँग मंसीरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा रहेको भन्दै बजेट निर्माण गर्दा सोही विषयलाई मनन् गर्न सुझाव दिए।

पौडेलले बजेटका सूचनाहरु केही मिडियाबाट चुहिएको भन्दै सरकारले बजेटको गोपनियता कायम गर्न नसकेको आरोप लगाए। भने, “यो सरकारलाई पपुलिस्ट कार्यक्रम ल्याउने अनुमति छैन। यस्तै, अहिले केही मिडियामा बजेटका सूचना चुहिएको छ।”