सरकारी कर्मचारीहरु खप्तड घुम्नु पर्ने: प्रजिअ पौडेल - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

सरकारी कर्मचारीहरु खप्तड घुम्नु पर्ने: प्रजिअ पौडेल



डोटि । डोटीको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले सरकारी कर्मचारीहरु एक पटक खप्तड घुम्न जानुपर्ने बताएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको आयोजनामा मंगलबार सिलगडीमा सम्पन्न भएको एक दिने बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी बैठकमा प्रमुख जिल्ला अधिकारी पौडेलले
सो कुरा बताएका हुन् ।

धार्मीक, सांस्कृतिक र पर्यटकीय क्षेत्रले भरिएको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक पटक सबैले पुग्नु पर्ने पौडेलले
बताए । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तडमा महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैंसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरू आएको पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

खप्तडमा विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, २ सय २६ किसिमका पंक्षी, बाघ, भालु लगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तुहरु रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा बन्यजन्तुको अबैध चोरी डगैती हुने भएकाले यसको नियन्त्रण गर्नु पर्ने बैठकमा सहभागीहरुले बताएका छन् ।

बन्यजन्तु संरक्षण सम्बन्धित सरोकारवालाहरुले बन्यजन्तु संरक्षण गर्नुमा सबैको भुमीका हुने भएकाले जिल्ला स्थीत सरकारी कार्यलका प्रमुख तथा प्रतीनीधी संग खप्तड राष्ट्रिय निकुञ्ज कार्यलयका कायम मुकायम संरक्षण अधिकृत राजु घिमिरेको अध्यक्षतामा बैठक बसेको हो । जेठ महिनादेखी भएको खुल्ला चरीचरानले बढी समस्या निम्याउने गरेको खप्तड राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश शाहले बताएका छन् ।