विष्णु पौडेल काण्डले नेकपामा भुइँचालो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विष्णु पौडेल काण्डले नेकपामा भुइँचालो



काठमाडौं- नेकपाका महासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फसेपछि त्यसले पार्टीभित्र ठूलो भुइँचालो जाने संकेत दिएको छ।

पौडलमाथि नैतिक प्रश्न उठेकाले उनलाई निलम्बन गरी छानबिन गर्न दबाब बढेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली पौडेलको बचाउमा देखिए पनि अर्का अध्यक्ष प्रचण्ड मौन छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाल पनि मौन छन् भने अर्का वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम पौडललाई कारबाही गर्नुपर्ने पक्षमा छन् । पौडेल हाल चीन भ्रमणमा छन् ।

नेकपाभित्र यो प्रकरणलाई लिएर ठूलो खैलाबैला मच्चिएको छ। यो प्रकरणले वैशाख ९ गते सक्ने भनिएको एकीकरण प्रक्रिया समेत प्रभावित हुने सम्भावना बढेको छ।