चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेल 'फायर' - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेल ‘फायर’



काठमाडौं- नेपाली चलचित्र ‘प्रकाश’प्रति शिक्षामन्त्री देवेन्द्र पौडेल फायर भएका छन् । ‘प्रकाश’को सर्वत्र तारिफ भैरहेका बेला मन्त्री पौडेल भने चलचित्र पूर्वाग्रही बनेको आरोप लगाएका छन् ।

प्रदर्शनको दोस्रो हप्ता काटेको चलचित्रले राम्रो प्रतिक्रियासहित प्रदर्शन भैरहेको छ । ‘प्रकाश’हेरेपछि शिक्षामन्त्री पौडेल भने क्रुद्ध भए। उनले यो फिल्म राजनीतिक पूर्वाग्रसहित निर्माण गरिएको भन्दै आपत्ति जनाएका छन्।

विश्वज्योति हलमा फिल्म हेर्न पुगेका पौडेलले फिल्मका कतिपय दृश्य र बिम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आरोप लगाए। उनले जनयुद्ध लडेको पार्टीप्रति फिल्म नकारात्मक देखिएको भन्दै आपत्ति जनाएका छन्।

‘फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ,’ उनले भने, ‘फिल्मको कथा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखेँ। राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको बिम्ब, झण्डा, आफैँ पनि सहिदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएको महसुस भएको छ।’

उनले नेपालको शैक्षिक अवस्था फिल्ममा देखाएभन्दा निक्कै अघि बढेको बताए। फिल्ममा देखाइएको कथालाई लिएर त्यही ठाउँका जनताले फैसला गर्ने उनको भनाइ छ।