शेखरको पक्षमा खुल्न रामचन्द्रलाई दवाव, कार्यक्रममै नाराबाजी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

शेखरको पक्षमा खुल्न रामचन्द्रलाई दवाव, कार्यक्रममै नाराबाजी



काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै उनीविरुद्ध ‘हुटिङ्’ भएको छ ।

लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।

सो क्रममा नेता पौडेलले विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरे तर कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए ।
अन्तिम समयमा मैदान छाडेर भागेको, शेखरको पक्षमा नबोलेकोभन्दै उनीविरुद्ध नाराबाजी भएको हो ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले आयोजना गरेको चियापनमा प्रधानमन्त्री एवं सभापति पदका उमेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

आज बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो ।

देउवा चियापनस्थलमा प्रवेश गर्नेबित्तिकै नाराबाजी गरिएको थियो । पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याएका थिए । देउवा मञ्चमा पुग्दा पनि नाराबाजी जारी थियो । तर, सभापतिका अर्का उमेदवार शेखर कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकियो ।