विष्णु पौडेलले एकाएक बढाए मत - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

विष्णु पौडेलले एकाएक बढाए मत



रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रतालाई पछ्याउँदै एमाले उम्मेदवार विष्णु पौडेलले मतान्तर घटाएका छन्।

अहिलेसम्म १२ हजार ३ सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले चार हजार १३४ मत प्राप्त गरेका छन्।

एमाले उम्मेदवार पौडेलले चार हजार ६९ मत प्राप्त गरेका छन्।

दुई प्रतिस्पर्धी उम्मेदवार पौडेलद्वयको मतान्तर ६५ मात्र रहेको देखिन्छ।

यस्तै, सत्तागठबन्धनको समर्थन रहेको जनमुक्ती पार्टीका उम्मेदवार केशव थापाले तीन हजार १४२ मत प्राप्त गरेका छन्।