पूर्वसचिव पत्नीको पोस्टमार्टम रिपोर्टले यस्तो देखायो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पूर्वसचिव पत्नीको पोस्टमार्टम रिपोर्टले यस्तो देखायो



काठमाडौं- पूर्व सचिव अर्जुन कार्कीपत्नी मुना कार्कीको हत्या नै भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ।

पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाटीमा डोरिले बाधेको डाम देखिएको छ।

‘पोस्ट मार्टमले मुनाको मुटुमा पनि रगत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शवको अध्ययन गर्दा कुटपिट गरेर, घाँटी कसेर हत्या गरेको देखिन्छ। भुइँमा टाउको बजारेको कारण मुटुमा रगत जमेको हो।’

सोमबार बिहान ललितपुरस्थित आफ्नै घरमा ४९ वर्षीया कार्कीको हत्या भएको थियो।

घरमा काम गर्ने विजय चौधरीले समेत आत्महत्या गरेका कारण उनैले मुनाको पनि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पोस्टमार्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने भएकोले अझै एक दुईदिन पछि मात्रै बिस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउने डाक्टरले बताएका छन्।