विश्वकप :पोर्चुगल र स्पेन आज खेल्दै,कसले मार्ला बाजी ? - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

विश्वकप :पोर्चुगल र स्पेन आज खेल्दै,कसले मार्ला बाजी ?



एजेन्सी । फिस्ट ओलम्पिक स्टेडियम अण्डाको आकारमा बनेको छ। रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम राखिएको हो।

यो काउकासियन रेन्जको पश्चिमी क्षेत्रमा अवस्थित रहेको छ। ५ सय १९ मिलियन अमेरिकी डलर निर्माण लागत रहेको यस रंगशालाको निर्माण थालनी रसियाले विश्वकप आयोजनाको जिम्मेवारी पाउन अघि नै गरिएको हो।

सन् २०१४ मा सोची हिउँदे ओलम्पिकका लागि यसको निर्माण गरिएको थियो।

हिउँदे ओलम्पिक र फिफा विश्वकप फुटबल दुवै आयोजना गर्ने इटालीको टुरिन रंगशालापछि फिस्ट दोस्रो रंगशाला बन्ने भएको छ। ४७ हजार ६ सय ५९ दर्शक क्षमता रहेको यस रंगशालामा पोर्चुगल र स्पेनले आज खेल खेल्दैछन् ।