पुर्वराजाको ‘दुई मुटु यौटा वाटो’ प्रकाशन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

पुर्वराजाको ‘दुई मुटु यौटा वाटो’ प्रकाशन



काठमाडौं- पुर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा वाटो’ कृति प्रकाशनमा आएको छ ।

सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन ।

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।