पुनम पान्डेलाई ठगीको आरोप - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पुनम पान्डेलाई ठगीको आरोप



नग्न तस्बिर सार्वजनिक गर्ने कसम खाएकी बलिउड नायिका पुनम पान्डे बोल्ड र विन्दास नायिकाको रुपमा चिनिन्छिन्।

फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी उनी सामाजिक संजाल र अन्य प्रविधिमार्फत आफ्ना फ्यानसँग दुरी बढ्न दिँदिनन्। तर, उनका यिनै फ्यानले उनको एपमार्फत उनलाई नै ठग भनिरहेका छन्।

पुनमले २०१७ मा आफ्नो एप लन्च गरेकी थिइन्। जहाँ उनको भिडियो र फोटो हेर्न सकिन्छ। एपमा क्वाइन किनेर उनलाई हेर्न सकिन्छ।

तर, पछिल्लो समय उनको यस एपमा विभिन्न नकारात्मक टिप्पणी हुन थालेका छन्। एक प्रयोगकर्ताले भनेका छन्, ‘मैले ६ हजार रुपैयाँ क्वाइनका लागि खर्च गरिसकेको छु तर, मलाई कुनै क्वइन मिलेको छैन।’

अन्य प्रयोगकर्ताले पनि यस विषयमा मुख खोलेका छन्। यसै कुराबाट रिसाएका उनका प्रयोगकर्ताले पुनमको एक तस्बिरमा उनलाई ट्रोल बनाएका छन्। केही दिनअघि फिल्मफेयर अवार्डमा ड्रेसअपका कारण चर्चामा आएकी पुनमलाई सामाजिक संजालमा भनिएको छ, ‘पुनमले यो ड्रेस नलगाएको भए पनि राम्रो हुन्थ्यो।’

पछिल्लो वर्ष रिलिज भएको उनको फिल्म ‘द जर्नी अफ कर्मा’ बक्स अफिसमा फ्लप भएको थियो। फिल्न नचलेपछि चर्चामा आउन पुनमले विभिन्न फन्डा गरिरहेको भारतीय मिडियाले टिप्पणी गरिरहेका छन्।