पुजन थापा डेब्यु फिल्म ‘कस्मिक लभ’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पुजन थापा डेब्यु फिल्म ‘कस्मिक लभ’



फिल्म ‘कस्मिक लभ’ को औपचारिक घोषणा भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । प्रशान्त ताम्राकार, अर्पण थापा र दिया मास्केको मुख्य भुमिका रहने फिल्मको घोषणा गरेसँगै शुभ–मुर्हत समेत गरिएको छ ।फिल्ममा प्रशान्त, अर्पण, दियासंगै रबिन तामांग, राजाराम पौडेल, पूर्ण थापा, देव महर्जन, सागर खनाल लगायतको पनि अभिनय रहने छ । फिल्मबाट रिजन थापा र पुजन थापाले पनि डेब्यु कलाकारका रुपमा अभिनय गर्नेछन् ।

मुभी मेकर्सको ब्यानरमा जे. गौतमको निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने फिल्मलाई शंखर अधिकारी र बी.एस. बलामीले निर्देशन गर्नेछन् । कार्यकारी निर्माताको रुपमा डी. एन. दाहाल रहेने फिल्म यहीँ असारको ११ गतेबाट छायांकनका लागि फ्लोरमा निस्कने छ।फिल्ममा सुरेश बज्राचार्यको छायांकन कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा शेखर ज्ञावालीको कथा, बाबु साहेबको द्वन्द्व, बाबुल गिरीको संगीत रहने छ ।