प्रहरीको गाडी दुर्घटनामा

ललितपुर । प्रहरीको भ्यान दुर्घटना हुँदा एक जना असई घाइते भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालबाट ललितपुरको फूलचोकीस्थित रिपिटर टावर हेर्न जाँदै गरेको प्रहरी टोली बोकेको भ्यान दुर्घटनामा परेको हो ।
महानगरीय प्रहरी परिसर जाउलाखेलका अनुसार उक्त भ्यान आज मध्यान्न ढुङ्गामा चिप्लिएर करीब पाँच मिटर तल झरेको थियो । भ्यानमा एक असई, दुई हवल्दार र एक जवान सवार थिए । सवारमध्ये असई घाइते छन् ।
एकजना असईको दाहिने कुइनामा चोट लागेको छ । घाइतेको अवस्था सामान्य छ ।