प्रहरीका १३ एसपीको सरुवा, चार जिल्लाका प्रमुख फेरिए - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रहरीका १३ एसपीको सरुवा, चार जिल्लाका प्रमुख फेरिए



काठमाडौं- चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा समेत गरेको छ ।

काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

उदयपुरमा ज्ञानेन्द्र फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पन्डित पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो ।

काठमाडौं उपत्यका शसस्त्र प्रहरी गण नम्बर २ मा सरुवा भएका घिमिरेको तीन दिनमै काज सरुवा भएर इलाम प्रहरी प्रमुख भएका हुन् ।