बालबालिका चोरी भएको हल्ला अफवाह मात्र हो- नेपाल प्रहरी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बालबालिका चोरी भएको हल्ला अफवाह मात्र हो- नेपाल प्रहरी



काठमाडौं- तराईका जिल्लाहरूमा व्यापक बच्चाहरू चोरी भैरहेको खबर भाइरल भैरहेका बेला नेपाल प्रहरीले भने यो हल्ला सत्य नभएको जनाएको छ ।

नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको हल्ला भ्रामक रहेको र यसमा विश्वास नगर्न आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

यसका साथै प्रहरीले त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको समेत जनाएको छ ।