प्रहरीको एम्बुसमा यसरी परे विप्लव समूह ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रहरीको एम्बुसमा यसरी परे विप्लव समूह !



काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक शसस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको विशेष व्यूरोले शनिवार बिहान ४ बजे काभ्रेको खानीखोला–५ मिल्चेवाट विप्लवका नौजना कमाण्डरलाई सुरक्षा घेरा(एम्बुस)मा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले काभ्रेको खानीखोला–५ मिल्चेवाट विप्लवका नौजना केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएको पुष्टि गरे । प्रहरीको कोडमै यो अप्रेशनलाई सुरक्षाकर्मीले गाडीलाई चारैतिरवाट घेरेर भाग्न नसक्ने बनाएको थियो जसलाई‘एम्बुस’ भनिएको छ ।

‘हामीले विशेष सूचनाको आधारमा उनीहरुलाई फलो गर्दै काभ्रेको खानीखोलावाट पक्राउ गरेका छौ’ एसपी खड्काले भने । प्रहरीले बा १७ च ४८९३ नंम्बरको महेन्द्रा गाडीमा जाँदै गरेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।

केहीदिनदेखि काभ्रेको डाँडापारिमा लुकेर विप्लवका नेताहरु लुकेर बसेको जानकारी सुरक्षा निकायले थाहा पाएसँगै उनीहरुलाई फओ गर्दा प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि काभ्रेको रोशीमा गरेको अप्रेशनमा काभ्रे प्रहरीसँग केन्द्रीय टोलीले समन्वय समेत गरेको थिएन ।

जिल्ला प्रहरी, प्रशासन तथा शसस्त्र प्रहरीसँगको समन्वय नगरेकै कारण केन्द्रीय व्यूरोले यसअघि राम्रोसँग लोकेशन ट्रेस गर्न नसक्दा हेमन्तप्रकाश ओली पक्राउ पर्नवाट जोगिएका थिए । तर काभ्रेका सबै निकायसँगको समन्वय गरेसँगै प्रहरीले विप्लवका नौ जना कमाण्डरलाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीले विप्लव नेतृत्वको सैन्य व्यूरो इन्चाज विजय श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अधिकाशं पोलिटव्यूरो सदस्यहरु रहेका छन् । प्रहरीले काठमाण्डौंका धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, संदिप कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरेको छ ।

काभ्रेको खानीखोलाहुँदै ललितपुर जाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । काभ्रेको डाँडापारि क्षेत्रमा यातायातको सहज पँहुचको अभाव र भौगोलिक विकटताले विप्लपले सेल्टरको रुपमा डाँडापारिलाई लिने गरेको अनुमान प्रहरीको छ ।