प्रहरीले नै बोक्सी भन्दै कुटेपछि - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

प्रहरीले नै बोक्सी भन्दै कुटेपछि



सप्तरी –

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन्।

जशोधियादेवी कमलदेवकी काकी हुन्। आँखा वरिपरि निलडाम सहित उनी पत्रकार सम्मेलनमा उपस्थित थिइन्।

भतिजो कमलदेव काठमाडौँमा कार्यरत रहेको र घर आएका बेला आफूलाई बोक्सी भन्दै पटक-पटक कुटपिट गर्ने गरेको उनको आरोप छ। उनले भनिन्, ‘एकदुई पटक मात्र होइन, धेरै पटक कुटपिट गर्दै आएका छन्, पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा मलाई बचाउन आएकी छोरीलाई समेत कुटपिट गरे।’

प्रहरीले कमलदेवविरुद्ध निवेदन दर्ता गर्न नमानेको पत्रकार सम्मेलनमा उनले बताइन्।

सप्तरी जि.प्र.काका डिएसपी भावेश रिमालले घटनाको छानबिन भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुवै पक्षलाई बोलाइएको जानकारी दिएका छन्।