प्रहरी नै पक्राउ परेपछि... - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

प्रहरी नै पक्राउ परेपछि…



जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक किर्ते गरी आरोपमा पक्राउ परेका छन् । चेक किर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी पक्राउ परेका हुन् । 

प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा सात हजारको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः तीन हजारका स्थानमा ३० हजार र चार हजारको स्थानमा ४० हजार लेखेर बैंकबाट सात हजारको ठाउँमा ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताए ।

बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दा प्रहरी जवान द्विवेदीले चेकमा केरमेट गरेको फेला परेको हो । बैंक प्रबन्धक यादवले राति नै उक्त कुरा पत्ता लगाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले रातिनै प्रहरी जवान द्विवेदीलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।