वरिष्ठ उपाध्यक्ष र महासचिवमा दुई पोखरेल सर्वसम्मत - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

वरिष्ठ उपाध्यक्ष र महासचिवमा दुई पोखरेल सर्वसम्मत



चितवन : नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका हुन्।

पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्। ओलीले आइतबारको बन्द सत्रमा १९ पदाधिकारीमा अन्य पदमा उम्मेदवार परेको भए पनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा कुनै उम्मेदवारी परेको छैन।

अध्यक्षमा ओलीसहित भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ। ओलीको सर्वसम्मत सूचीमा नअटेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

उनीहरुले प्यानल गत रुपमा नभएर आ-आफ्नै उम्मेदवारी दिएको बताएका छन्। कति जनाको मनोनयन पर्‍यो भन्ने निर्वाचन आयोगबाट आधिकारिक रुपमा आउन भने बाँकी छ।

निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले महाधिवेशनमा पर्चा पम्प्लेट वितरणमा समेत रोक लगाएको छ।