पोखरेलले भने : सरकार र पार्टीको आलोचना गर्ने कार्यकर्ता पार्टीमा बस्नु पर्दैन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पोखरेलले भने : सरकार र पार्टीको आलोचना गर्ने कार्यकर्ता पार्टीमा बस्नु पर्दैन



सुनसरी। उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा निरन्तर ‘अपडेट’ नहुने, सरकारको बँचाउ नगर्ने र पार्टीको आलोचना गर्ने कार्यकर्तालाई पार्टीबाटै ‘आउट’ गरिने बताएका छन् ।

मंगलबार धरानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उनले पार्टी एकीकरणमा असन्तुष्ट कार्यकर्तालाई सामाजिक सन्जालमा जथाभावी पार्टीको आलोचना नगर्नसमेत चेतावनी दिए । उनले पार्टीको आलोचना गर्ने र अनर्गल प्रचार गर्ने कार्यकर्ता पार्टीलाई नचाहिने पनि बताए ।

जनताको चाहनाअनुसार पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएको भन्दै पार्टीमा निरन्तर अपडेट हुनेहरुलाईमात्रै जिम्मेवारी दिइने बताए ।