बैठकमा ईश्वर पोखरेललाई नेकपाकै नेताहरूले पारे र्याखर्याख्ती: पोखरेल बोल्नै सकेनन
काठमाडौं- नेकपाको स्थायी समितिको बैठकमा गोकर्ण रिसोर्टको विषयले नेताहरूबीच घमासान भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रश्न गर्दै नेताहरूले र्याखर्याख्ती पारेका थिए ।
पोखरेलले गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी जग्गा ६ वर्ष म्याद छँदै एकाएक मन्त्रिपरिषद्ले निर्णय गरेर यति समुहलाई दिने निर्णय गराएका थिए ।
छलफलकै क्रममा बैठकमा रघुजी पन्तलगायतका नेताहरुले ६ वर्ष म्याद बाँकी रहँदा नै उक्त जग्गा यती समूहलाई दिने निर्णय गरेको विषयमा प्रश्न उठाएका थिए ।
यो निर्णय नेपाल ट्रष्टको प्रस्तावमा भएको थियो, जसको अध्यक्ष उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् । बिहीबार बैठकमा बोल्ने क्रममा पोखरेलले कानूनअनुसार नै गोकर्णको जग्गाबारे निर्णय भएको बताएका थिए ।
इश्वर पोखरेल बोलेर नभ्याउदै नेता पन्त उठेर ६ वर्ष म्याद बाँकी छँदै अहिले किन म्याद थप गर्नुपरेको भन्ने प्रश्न गरे ।
त्यसपछि पम्फा भुसाल, बेदुराम भुसाल, भीम रावललगायतका नेताहरुले समेत पोखरेललाई र्याखर्याख्ती पारेका थिए । उनीहरुरुले कानूनले ६ वर्ष पहिले नै निर्णय गर्नु भनेको छ भनेर प्रश्न समेत गरेको स्रोतले जनाएको छ ।
छलफलमा नेताहरूले यस्ता हावादारी कामहरूले नै सरकारको साख गिरेको भन्दै सच्चिन आग्रह समेत गरेका थिए । नेताहरूले एकाएक प्रश्न गरेपछि पोखरेल भने जवाफ नै दिन सकेका थिएनन ।
पोखरेलले बोल्ने नसकेर रातोपिरो भएको स्रोतले बताएको छ ।