पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना



पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा चिनियाँ नागरिक ५० वर्षिय एलेस रेकिन र सिंगापुरका ७ वर्षिय याङ जुयाङ जी घाइते भएका छन् ।

सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।