पोखराको फेवातालमा डरलाग्दो छाल ,५० बढी यात्रुरहित डुङ्गा डुबे - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पोखराको फेवातालमा डरलाग्दो छाल ,५० बढी यात्रुरहित डुङ्गा डुबे



लेखनाथ — समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । तेज हावाहुरीले ल्याएको छालमा ५० भन्दा बढी यात्रुरहित डुङ्गा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुङ्गा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।

बाराहीघाटस्थित रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुङ्गा चालकले उनीहरूको उद्धार गरे।

हावाहुरी कम भएपछि डुङ्गा चालक आफ्ना डुबेका डुङ्गा निकाल्न खटिए। डुङ्गा चालक सुन्दर विकले यति धेरै डुङ्गा डुब्‍नेगरी पहिलोपल्ट छाल आएको बताए।