आज पोखरा जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् दुई दिने कार्यक्रम - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

आज पोखरा जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् दुई दिने कार्यक्रम



काठमाडौं- मन्त्रीपरिषद विस्तार गरेर सरकारलाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन् । देउवा आज (आइतबार) पोखरा जाने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे(सम्बोधन गर्नेछन्।

यसपछि दिउँसो ३ बजे पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छन्।

लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेपछि राष्ट्रबैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

यसपछि प्रधानमन्त्री देउवाले भोलि सोमबार बिहान(निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।