अब पोखरा देखि सिधै भारतको देहरादुनसम्म बस सेवा सञ्चालन हुने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अब पोखरा देखि सिधै भारतको देहरादुनसम्म बस सेवा सञ्चालन हुने



पोखरा-पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरा र भारतको देहरादुन सम्म सिधा बस सेवा सञ्चालन गर्ने भएको छ ।

पृथ्वी राजमार्ग बस सेवा अन्तरगको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्तको १ एक दिन बुधबार बस सेवा सञ्चालन गर्न लागेकोको पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए ।

उनले पोखराबाट नारायणगढ बुटबल, महेन्द्रनगर बनबास रुद्रपुर हरिद्धारा ऋषिकेश हुँदै देहरादुन सम्म पुग्ने बताए ।

बुधबार पोखराबाट गएका बस शनिबार देहरादुनबाट फर्किने छ । उनले छिटै नै भारतको पट्ना र पोखरा जोड्ने गरी बस सेवा सञ्चालनमा ल्याउन तयारी गरेको बताए ।

भारतको नयाँ दिल्लि पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशब अधिकारीले बताए ।

उनले एसि बस हुने र भाडादर एक जनाको एकतर्फि ४ हजार ३ सय २० राखेको जानकारी दिए । उनले नेपाली विद्यार्थी, व्यवसायी, विरामी र पर्यटनमा बस सेवाले टेवा दिने बताए । पोखराबाट देहरादुनका लागि जेठ ८ गतेबाट सेवा शुरु हुने अधिकारीले बताए ।