वडाध्यक्षको घरमा बम विस्फोट: उपनिर्वाचन प्रभावित
पोखरा उपमहानगरपालिकाका एक वडाध्यक्षको घरमा बम बिस्फोट भएको छ । कास्की २ नम्बर निर्वाचन क्षेत्रस्थित वडा नं ३३ का शिव आचार्यको घरमा बिस्फोट भएको हो ।
मङ्सिर १४ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचन आचार्यको घरमा बम विस्फोट गरिएको छ । आइतवार राति वडाध्यक्ष आचार्यको घरमा बम विस्फोट हुँदा कारमा क्षति पुगेको छ ।
वडाध्यक्षको पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको घरमा बम विस्फोट हुँदा ग २ च ४२६ नम्बरको कारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष आचार्य तत्कालीन एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । उपनिर्वाचन नजिकिँदै गर्दा बम विस्फोटको घटना भएपछि सर्वसाधारणले असुरक्षा महसूस गरेका छन् ।