पोखरामा पनि बर्डफ्लु

पोखरा । मुलुकमा केहीदिन यता बर्डफ्लु देखिएको छ । आइतबार काठमाडौको तारेकेश्वरमा बर्डफ्ल देखिएको तियो, त्यसको भोलि पल्ट सोमबार कास्कीको मादी गाउँपालिकामा पनि बर्डफ्लु भेटिएको छ ।
मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । परियारले पालेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन्। पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्डफ्लु देखिएको पशुपंक्षी रोग अन्वेषण कन्ट्रोलका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिनुभयो ।
बर्डफ्लू भेटिएपछि त्यस ठाउँमा कुखुरालाई मार्न थालेको प्रवक्ता न्यौपानले बताउनु भयो । ‘कति संख्यामा कुखुरा छन् त्यसबारेमा एकिन भइसकेको छैन’ उहाँले भन्नुभयो । परियारले पालेका लोकल र गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो। बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला लगाएर बर्डफ्लु संक्रमित कुखुरा नष्ट गर्न सुरु गरिएकोे छ । त्यस ठाउँमा कुखुरा र दाना आयात र निर्यातसमेत रोक लगाइएको छ।

