पोखरामा फेरि बम विस्फोट, त्रासमा मतदाता

काठमाडौं- पोखरामा अर्को बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा बम विस्फोट भएको प्रहरीले जनाएकोे छ ।
यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।
विस्फोटबाट केहि क्षति नभएपनि मतदाता मतदानस्थलसम्म आउन र जान संकोच मानिरहेको जनाइएको छ । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको र मतदान प्रक्रिया सञ्चालन भईरहेको प्रहरीले बताएको छ ।

