पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुने



काठमाडौं – निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।

पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् ।