पोखरा महानगर: एमाले हराएर एकीकृत समाजवादीका आचार्य निर्वाचित - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पोखरा महानगर: एमाले हराएर एकीकृत समाजवादीका आचार्य निर्वाचित



नेकपा एमालेलाई हराएर पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले जित निकालेको छ । एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् ।

केहि मत गन्न बाँकी हुँदै आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा गन्न बाँकी मतभन्दा बढीको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत भएको हो ।

१ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १८५ मत ल्याएका छन् ।

पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् ।

उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।