पोखरा मणिपाल कलेजमा तालाबन्दी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पोखरा मणिपाल कलेजमा तालाबन्दी



हिमाल पोष्ट / पोखरा, १५ मङ्सिर । मणिपाल मेडिकल कजेलका विद्यार्थीले कलेजका ‘फ्याकल्टी टिचर’ र प्रशासनको द्वन्द्वका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै आज कलेजको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् ।

तलब वृद्धि, अस्थायी शिक्षकलाई स्थायी गर्ने, सट्टा बिदाको व्यवस्था जस्ता माग राख्दै गरिएको फ्याकल्टी टिचरको आन्दोलनका कारण तीन महिनादेखि आफूहरूको पढाइ हुन नसकेको भन्दै तत्काल पठनपाठनको व्यवस्था गर्न माग गर्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

यही मङ्सिर १ गते जिल्ला प्रशासन कार्यालयमा मणिपाल कजेल व्यवस्थापन प्रतिनिधि, अभिभावक र आन्दोलित फ्याकल्टी प्रतिनिधिबीच मागका सम्बन्धमा सहमति भएर कार्यान्वयनको प्रक्रिया अगाडि बढेका अवस्थामा फ्याकल्टी टिचरले पुनः कक्षा अवरुद्ध गरेको बताउँदै कलेजका प्रशासन प्रमुख भानु भारद्वाजले पठनपाठन तत्काल सुरु गर्न माग गरी विद्यार्थीले आज दिउँसो तालाबन्दी गरेको बताउनुभयो ।

फ्याकेल्टी टिचर र कलेज प्रशासनबीचको द्वन्द्वका कारण तीन÷तीन महिनासम्म पठनपाठन नगरिनुले आफूहरू माथि ठूलो अन्याय भएको भन्दै पीडित विद्यार्थीले तत्काल समस्या समाधानका लागि पहल गरिदिन सरकार एवम् सम्बद्ध निकायमा माग गरेका छन् । रासस