हे मित्र ! - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

हे मित्र !



हे प्रिय मित्र
थाहा छ तिमीलाई ?
यहाँ तिमी नभए पनि हुन्छ
म नभए पनि हुन्छ
र काेहि नभएपनि हुन्छ
फेरि ,,,
तिमी नभए पनि केही हुनेहैन
म नभए पनि केही हुनेहैन
याे संसार आफै पूर्ण छ
तर ,

तिमी नहुदा तिम्रो महत्त्व बुझ्न
अनि तिम्राे मान गर्न सकुन्
र म नहुदा मेराे महत्त्व बुझ्न
अनि मान ,सम्मान र स्मरण गर्न सकुन् ।

तिमी र म अनि हामी दुवैले
हरेक समयमा राम्रो कार्य गर्नु पर्याे
बाेली , वचन र संस्कार राम्रो हुनुपर्याे
साथै परहित कार्य गर्न सक्नु पर्याे
हामी बनेर सबैलाई बनाउनु पर्याे
यस्तै यस्तै कार्य गर्नु पर्छ है……..
यस्तै यस्तै शुभ कार्य गर्दै
जीवन उज्ज्वल बनाउन
हरेक समयमा सतर्क रही
अगाडि बडाैं है मित्र……..

ओम बहादुर बगाले थापा