आफ्नै देशमा उपचार गर्न पाउँदा खुसी छु: प्रम ओली (भिडियो) - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

आफ्नै देशमा उपचार गर्न पाउँदा खुसी छु: प्रम ओली (भिडियो)



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुन आम नेपालीलाई आग्रह गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले १२ वर्ष अघि आफ्नो मिर्गौला प्रत्यारोपण गरेको स्मरण गर्दै बुधबार फेरि पनि मिर्गौला प्रत्यारोपण गर्न लागेको बताए ।

उनले भने, “आफ्नै मुलुकमा, आफ्नै देशमा प्रत्यारोपण गराउन पाउँदा खुसी छु । खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन ।

मेरो स्वास्थ्यलाई लिएर ढुक्क हुनुस् । यसबीचमा सरकारका सबै काम नियमितरुपमा नै अघि बढ्नेछ ।”

यस्तो छ भिडियो सन्देश