सरकारलाई असफल पार्न ट्रेड युनियन खारेजको हल्ला फैलाइयो : प्र.म. ओली - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सरकारलाई असफल पार्न ट्रेड युनियन खारेजको हल्ला फैलाइयो : प्र.म. ओली



काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन ट्रेड युनियनको भ्रम फिँजाइएको बताएका छन् । उनले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारेका छन् ।

ननेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई असफल विभिन्न हतकण्डाहरु अपनाइएको र यस्ता भ्रमहरूबाट सचेत रहन पनि कर्मचारीहरुलाई आग्रह गरे ।

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उनले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले सरकारलाई दिमाग र कर्मचारीहरुलाई हातखुट्टाको रुपमा चित्रण गर्दै कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने स्मरण गराए ।

सो अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेकाले उनीहरुको समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

त्यसैगरी उनले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुको तहगत प्रणाली अनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नगर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।