सिङ्गापुरमा यस्तो छ प्रधानमन्त्री ओलीको अवस्था - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सिङ्गापुरमा यस्तो छ प्रधानमन्त्री ओलीको अवस्था



काठमाडौं – करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ ।

उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उहाको अवस्था सामान्य रहेको जानकारी दिए ।

डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ ।

‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले भने । प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए ।

मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको बताए ।

उनले भने, ‘ट्रान्सप्लान्ट गरिएको किड्नी बिस्तारै कमजोर भएपछि प्रधानमन्त्री ओलीलाई सिंगापुर लगिएको हो । त्यसपछि पहिलो चरणको उपचार सुरु भयो । पहिलो चरणमा भएको उपचारबाट प्रधानमन्त्रीमा के सुधार भयो ? कस्तो अवस्था छ ? यसबारे जान्न सिंगापुर जानुपरेको हो ।’