प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै
काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ ।
आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।