प्रधानमन्त्री सचिवालयका १९ पद कटाैती ! - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रधानमन्त्री सचिवालयका १९ पद कटाैती !



पत्रपत्रिका/राजधानी-

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयको भद्दा सचिवालय भारी मात्रामा कटौती गरेका छन् ।

‘विकास, समृद्धि र सुशासन’ मुख्य नारा बनाएका प्रधानमन्त्री ओलीले सचिवालय सानो र छरितो बनाउँदै राज्यकोषको आर्थिक भार कम गर्न सचिवालयको १९ पद खारेज गरेका छन् ।

प्रधानमन्त्री सचिवालयमा रहने सदस्य संख्या ४७ बाट घटाएर २८ मा झारिएको छ ।

यसबाट मासिक तलब सुविधाबापतको लाखौं बचत हुने देखिएको छ। सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य पदमा राजनीतिक नियुक्ति हुने गरेको छ।

उनीहरुका लागि तलब भत्ता, इन्धन, सञ्चारलगायतका सुविधा उपलब्ध हुने गरेको थियो ।

अब भने १९ जनाको पद खारेज हुने बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ।