प्रधानमन्त्री रोजगार कार्यक्रम: विश्व बैंकसँग १३ अर्ब ऋण सम्झौता - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम: विश्व बैंकसँग १३ अर्ब ऋण सम्झौता



काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकसँग १२० मिलियन अमेरिकी डलर ऋण सम्झौता गरेको छ।

अर्थसचिव डा. राजन खनाल र विश्व बैंकका देशीय निर्देशक परिस एच हदाद जेर्भसले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। कार्यक्रमअन्तर्गत विश्व बैंकले सहुलियतपूर्ण ऋणमा दिने १२० मिलियन डलरमध्ये ६७ मिलियन डलर प्रधानमन्त्री रोजगा कार्यक्रमअन्तर्गत रोजगारी प्राप्त गर्ने युवाको पारिश्रमिक भुक्तानीमा उपयोग हुनेछ।

बाँकी रकम रोजगा सूचना प्रणाली स्थापना गर्न उपयोग हुने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए। गत वर्ष कार्यान्वयनको क्रममा निकै विवादित बनेको यो कार्यक्रममा यसपटक बजेट र दातृ निकायबाट प्राप्त हुने रकमको पूर्ण उपयोग हुने गरी कार्यान्वयनमा लैजाने अर्थ मन्त्रालयको तयारी छ।

संघीय सरकारले यो रकम शशर्त अनुदानस्वरुप स्थानीय तहलाई दिनेछ। यो रकम १ लाख जनामा रोजगारी सिर्जनामा परिचालन गर्ने सरकारको भनाइ छ।