प्रधानमन्त्री ओलीको राजीनामा माग - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रधानमन्त्री ओलीको राजीनामा माग



काठमाडौं । सिमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौमा प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रदर्शनका सहभागीहरुले भारतले नक्सा सच्याउनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।

नेविसंघले नक्सा नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिँदै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।  भारतले सिमा मिच्दासमेत मुकदर्शक भएको, कुटनीतिक पहल नगरेको भन्दै सरकारविरुद्ध पनि चर्को नारावाजी गरेका थिए ।

विद्यार्थीको आन्दोलनको कारण चावहिल, गौशाला क्षेत्रमा केही बेर यातायात अवरुद्ध भएको थियो ।