प्रधानमन्त्रीका प्रेसल्लाहकार परियारको उम्मेदवारी खारेज - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रधानमन्त्रीका प्रेसल्लाहकार परियारको उम्मेदवारी खारेज



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ।

प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेका उम्मेदवारी आयोगले खारेज गरिदिएको हो ।

उम्मेदवार भएर पनि लाभको पदमा बसेको भन्दै आयोगले मंगलबार उनको सूचीबाट हटाइदिएको हो।

परियारसँगै आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार बनाएका ५५० जनाको नाम हटाएको छ।